मैत्रीपूर्ण खेलमा नेपालको महिला फुटबल टोलीले भारतसँग बराबरी खेल्यो

 फागुन ४, २०७९ बिहीबार ६:५०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली भारतसँग बराबरी खेलेको छ । चेन्नईको जवाहरलाल नेहरु मैदानमा गएराति भएको खेलमा नेपालकी सावित्रा भण्डारीले दुई गोल गरेपछि खेल बराबरी भएको हो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चार गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५६औं मिनेटमा भारतका सौम्या गुगुलोथले गोल गरेपछि भारतले अग्रता लिएको थियो । त्यस्तै खेलको ६८औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गरिन् । भारत २–० गोलले अगाडि रहेको अवस्थामा खेलको ९०औँ मिनेटमा सावित्राले पेनाल्टीमा गोल गरिन् ।

त्यस्तै इन्जुरी समयमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल हारबाट जोगियो । यो खेलमा नेपालले पटक पटक गोल गर्ने मौका पाएको थियो तर सदुपयोग गर्न सकेन । गएको भदौमा दशरथ रङ्गशालामा भएको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हराएको थियो ।

ओलम्पिक छनोटको तयारी स्वरूप भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा गरेको हो । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आउँदो शनिवार हुनेछ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया