इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा 'स्पट फिक्सिङ' गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य माेहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय काठमाण्डाैले आज साेमवार आदिल र महबुबसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गरेको हो । पाँच जनामध्ये तीन जना खेलाडी रहेका छन् । खेलाडीहरू आदिल, महबुब र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ ।
त्यस्तै 'स्पट फिक्सिङ' मा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि उही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् ।
गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले प्रतियोगितामा 'स्पट फिक्सिङ' भएको निष्कर्ष निकालेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।