लिग–२ शृङ्खला जित्ने नेपाली टाेलीका सदस्यलाई सरकारले जनही २ लाख रुपैयाँ दिने

 फागुन ११, २०७९ बिहीबार १६:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सरकारले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खला विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरूलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेसँगै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले भर्खरै सम्पन्न नामिबिया र स्कटल्यान्डसँगको त्रिदेशीय एकदिवसीय शृङ्खला जितेका नेपाली टाेलीका सदस्यलाई प्रोत्साहनस्वरूप जनही २ लाख रुपैयाँ दिने घोषणा गर्नुभयो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ४ वटै खेल जितेर शृङ्खला 'क्लिन स्वीप' गरेको थियो । नेपालले लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल पहिलो पटक क्लिन स्वीप गरेको थियो । नेपालले शृङ्खलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै नेपालले लिग–२ मा लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया