यूएई भ्रमणका लागि नेपाली टाेलीकाे घाेषणा

 फागुन ११, २०७९ बिहीबार १६:२३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अर्काे हप्ता यूएईमा हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे छ । 

क्यानले आज बिहीवार यूएई भ्रमणमा जाने टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको हाे । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । सन्दीपका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुमति मागे पनि अस्वीकार गरिएकाे थियाे । टाेलीमा दुई युवा खेलाडी प्रतिश जिसी र माैसम ढकाल अटाएका छन् ।

नेपाली टोलीले यूएईमा घरेलु टोली र पपुवा न्युगिनीसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो भ्रमणको सुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ । 

यूएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिश जिसी र मौसम ढकाल रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया