इंलिस प्रिमियर फुटबलमा आज पाँच वटा खेल हुँदै
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – विभागीय टाेली नेपाल पुलिस क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब 'केपी ओली कप' फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा बिहीवार भएकाे उद्घाटन खेलमा सातदोबाटोले पुलिसलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोलाई जितउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रवीण थापाले एक गोल फर्काए ।
शहीद स्मारक 'ए' डिभिजन लिगको तयारीको रूपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद सुरुवात गरेको हो ।
प्रतियोगितामा शहीद स्मारक 'ए' डिभिजनको विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब र आयोजक टोली केपी ओली एफसीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । विधागतरूपमा उत्कृष्ट गोलकिपर र फरवार्डले समान ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रत्येक खेलको विजेता टिमले २५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् । साथै प्रत्येक खेलका 'प्लेयर अफ द म्याच' ले १५ हजार रुपैयाँ पुरस्कार जित्नेछ । उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।