काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
डोटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सांसद अर्चना गहतराजलाई डोटीको दिपायलमा कालो झण्डा देखाइएको छ ।
डोटी चेम्बर अफ कमर्सले दिपायलको पिपल्ला बजारमा आयोजना गरेको दसंै शुभकामना आदान प्रदान कार्यक्रममा सांसद गहतराजलाई स्थानीय युवाहरुको समूहले कालो झण्डा देखाएको हो ।
दिपायल राजधानीको प्रतिपक्षमा प्रदेश सभा बैठकमा मत हालेको भन्दै युवाहरुले उहाँको कार्यक्रम स्थलमा आएर कालो झण्डा प्रर्दशन गरेका हुन् ।
शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएकी सांसद गहतराजले बोल्ने पालो आएपछि युवाहरुको समुूहले ‘डोटीविरोधी मत हाल्ने सांसद मुर्दावाद, दिपायल राजधानी कायम गर’ भन्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।
युवाहरुले प्रर्दशन गरे पनि छोटो समय लिएर बोल्दै गहतराजले आफूले नचाहादा नचाहदै पनि राजधानी अन्तै सारिएको र दिपायल राजधानी कायम गराउन नसकेको प्रति आफू पनि दुःखी भएको बताउनु भयो ।
उहाँले भन्नु भयो ‘मैले चाहेर पनि राजधानी दिपायल कायम गर्न सकिनँ म, दुःखी छु, माफ गर्नुहोला ।’
सांसाद गहतराज डोटी बाट प्रदेश सभाका लागि समानुपातिक सांसद हुनु हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।