पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकाकाे बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण कार्य चार वर्षपछि पुनः सुरु भएकाे छ । मुसिकोट नगरपालिका ७ देखि मुसिकोट २, ३ र ४ वडालाई जोड्ने पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि काम राेकिएर वर्षाैँसम्म अलपत्र परेको थियो ।
दुई पटकसम्म भाँचिएको पुल निर्माणका लागि तेस्राे पटकमा डिजाइन परिवर्तन गरी निर्माण गर्न लागिएको हो । पुरानो निर्माण कम्पनीसँग सम्झौता रद्द गरी जलप नेपाल प्रालीले पुल निर्माणको काम सुरु गरेको हो । स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको यस पुलको लागत दुई करोड ५० लाख रुपैयाँ रहेको छ ।
पुल निर्माणका लागि दुवैतिर जगकाे काम पूरा भइससकेको हुँदा अहिले पुल निर्माणस्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि अनिष पौडेलले बताउनुभयो । आउँदाे असाेजसम्म पुल निर्माण सम्पन्न हुने पाैडेलकाे भनाइ छ ।
२०७६ सालकाे वैशाखमा पहिलाे पटक पुल निर्माणकाे काम अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि पुलको टेका भासिँदा पुल भाँचिएको थियो । भाँचिएको पुलको दाेस्राे पटक निर्माण सुरु भएको एक वर्षपछि ढलानकै क्रममा टेका भाँचिएपछि फेरि भत्किएकाे थियाे । त्यति बेला पुल भाँचिदा इन्जिनियरसहित पाँच जना घाइते भएका थिए ।
दुई पटकसम्म भाँचिएको पुलको निर्माण कार्य तत्कालै सुरु गर्न नगरपालिकाले पटक–पटक सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराएपछि अहिले डिजाइन परिवर्तन गरी काम सुरु भएकाे मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले जानकारी दिनुभयाे । ताेकिएकै मितिमा काम सकिनेमा उहाँकाे विश्वस्त हुनुहुन्छ । प्राकृतिक प्रकोपका कारण लामो समय पुल निर्माण कार्य अलपत्र हुँदा नगरको विकासलाई पछाडि धकेलेको खरेलकाे भनाइ छ ।
अलपत्र परेको पुलको निर्माण कार्य सुरु भएपछि अहिले त्यस क्षेत्रका नागरिकमा खुसी थपिएको छ । पहिलो पटक पुल भत्किँदा निराश बनेका र दोस्राे पटक पनि पुनः भत्किएपछि झनै आशा मारेका स्थानीयका लागि तेस्राे पटकको निर्माण कार्यले गति लिन सुरु गरेपछि अब त पुल बन्छ कि भन्ने आशा पलाएको स्थानीय प्रेम शाक्यले बताउनुभयो ।
मुसिकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित पुलको लम्बाई ५५ मिटर रहेको छ । याे पुल निर्माण भएसँगै मुसिकोट नगरपालिकालगायत छिमेकी बाग्लुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आउजाए गर्न सहज हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।