पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
कैलाली – नयाँ वर्षको अवसरमा धनगढीमा भएकाे धनगढी हाफ म्याराथनको नवौँ संस्करणको उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले जितेका छन् । आज बिहान धनगढीमा धनगढी जेसिजको आयोजनामा भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दुरी १ घन्टा ४ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पालले उपाधि जितेका हुन् । उनले उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै आर्मीकै नरेन्द्रसिंह रावलले दोस्रो स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दुरी १ घन्टा ७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे । हाफ म्याराथनमा सन्तोष विक्रम विष्ट तेस्रो भएका छन् । उनले निर्धारित दुरी १ घन्टा ८ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।
'अब धनगढी दौडिन्छ' भन्ने नाराका साथ भएको हाफ म्याराथनमा झन्डै चार सय जना धावककाे सहभागिता रहेको प्रतियोगिताका संयोजक मनिष कुँवरले बताउनुभयो ।
यस्तै महिलातर्फ भागेश्वरी धामी पहिलाे, पवित्रा सार्की दाेस्राे र नेहा खड्का तेस्राे भए । उनीहरूले क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी कर्पोरेट तथा मिडियातर्फ काशिराम मण्डल पहिलो, उमेश विक्रम मगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । उनीहरूले पनि क्रमशः ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरूका लागि ट्राई साइकल दौड राखिएको थियो । त्यसमा सहभागी सबैलाई पुरस्कारको व्यवस्था गरिएको धनगढी जेसिजका अध्यक्ष मोहनराज ओझाले जानकारी दिए । गोलाप्रथाद्वारा सहभागीहरूलाई विभिन्न उपहारहरू पनि प्रदान गरिएको थियो ।
धनगढी हाफ म्याराथनको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गर्नुभयो भने प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले विजयीलाई पुरस्कार वितरण गर्नुभयो । धनगढी जेसिजले प्रत्येक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिताको नवौँ संस्करण हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।