काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – हिजो मङ्गलवार सामान्य बढेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजारसँगै आज कारोबार रकम पनि बढेको छ । दुई सय ६६ वटा कम्पनीकाे २५ लाख ७७ हजार कित्ता शेयर ८५ करोड ७६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको पाँच करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबेभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत तथा इस्टर्न हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड र आदर्श लघुवित्तको शेयर साढे नौ प्रतिशतभन्दा धेरै बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माईखोला जलविद्युत् कम्पनीको शेयर झन्डै आठ घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।