पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछिको पहिलो कारोबारमा शेयर बजारमा पहिरो गएको छ । शेयर बजार आज मङ्गलवार ५३ दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ ।
सबै कम्पनीको शेयर घटेर बजार राताम्मे भएकोमा बिमा, होटल, विकास, बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ७५ वटा कम्पनीकाे ७० लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३४ करोड १७ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २१ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशत र सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आत्मनिर्भर लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।