पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौमा हिजो यसवर्षकै गर्मी भएको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो । जुन यस वर्षकै सबैभन्दा धेरै भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । तर यो, रेकर्ड ब्रेक भने होइन।
सन् २०१२ मा काठमाण्डौको अधिकतम तापक्रम ३५ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो । यसपालि गएको २५ गते ३२ दशमलव ८ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता भने केही घटेको थियो । तर, हिजो यस वर्षकै सबैभन्दा धेरै ३३ दशमलव ३ डिग्री सेल्सियस पुगेको मौसमविद् कँडेलले बताउनुभयो ।
आज भने काठमाण्डौको मौसम आंशिक बदली हुने सम्भावना रहेको कँडेलले बताउनुभयो । उहाँका अनुसार दिउँसो २/३ बजेतिर क्षणिक वर्षाको समेत अनुमान छ । आज हिजोभन्दा शीतल हुने मौसमविद्ले बताएका छन् ।
केही दिनयता देशभरका धेरै ठाउँमा अधिकतम तापक्रमले रेकर्ड ब्रेक गरेकाे छ । हिमाली जिल्लामा समेत तापक्रम बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।