८ दिनदेखि शेयर बजार बढेको बढ्यै, ५ दिनमा सय अङ्कको वृद्धि

 जेठ ३२, २०८० बिहीबार १५:१५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार यो हप्ताको पाँचैँ दिन बढेको छ । पाँच दिनमा शेयर बजारमा एक सय तीन अङ्कको वृद्धि भएको छ ।

गएकाे आइतवार बजार खुल्दा एक हजार नाै सय ३९ विन्दुमा रहेको शेयर बजार परिसूचक नेप्से आज बिहीवार दुई हजार ४२ विन्दुमा पुगेको छ । पछिल्लो आठ दिनदेखि शेयर बजार घटेको छैन । नेप्से आज पाँच अङ्कले बढेको छ । बीमा, उत्पादन, होटल र अन्य समूहको शेयर बढेको छ भने अरू सबै समूहको शेयर ओरालो लागेको छ ।

बजार बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । हिजो बुधवार पाँच अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ७० वटा कम्पनीका ७८ लाख ९६ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत र अभियान लघुवित्तको शेयर नौ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै बुङ्गोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर झन्डै छ प्रतिशत र मल्टिपर्पोज फाइनान्स, मिर्मिरे लघुवित्त र साधना लघुवित्तकोे शेयर झन्डै चार प्रतिशतले ओरालो लागेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया