पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउन नसक्दा यात्रुको बिचल्ली भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा पहिरो जाँदा हिजो दिउँसो साढे १ बजेदेखि सडक अवरुद्ध छ । २२ घण्टादेखि सयौँ यात्रु सडकमा अलपत्र छन् । पहिरोका कारण साना ठूला सबै गाडी बीच बाटोमै रोकिएका छन् । एम्बुलेन्ससमेत रोकिएकाले बिरामीलाई पीडा भएको छ ।
लगातार पहिरोसँगै ठूला ठूला ढुङ्गा खसिरहेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो नरोकिए आज दिनभरि नै सडक बन्द हुने सम्भावना रहेको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सडकमाथिको पहाड नै खसेर सडकमा बसेको छ भने बेलाबेला ठूला ढुङ्गासमेत खसिरहेकाले हटाउन कठिनाइ भएको छ ।
सडक खुलाउन डोजरलगायत मेसिन तयारी अवस्थामा राखे पनि लगातार पहिरो खसिरहेकाले हटाउन नसकिएको हो । थप पहिरो नखसे बेलुकासम्ममा सडक खुलाइने उहाँले बताउनुभयो । अहिले पहिरो प्रभावित क्षेत्रमा सिमसिम पानी परेको छ । पहिरो रोकिनासाथ पन्छाउन सुरु गरिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
काठमाण्डौबाट भरतपुरका लागि छुटेका गाडी मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् । यस्तै, नारायणगढबाट काठमाण्डौ, पोखराका लागि छुटेका गाडी जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज सकेसम्म यो सडकमा यात्रा नगर्न र गर्नै परे वैकल्पिक सडक प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
काठमाण्डौ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ ।
तस्बिर : सागर कार्कीकाे फेसबुक र उज्यालाे सहकर्मी प्रताप बानियाँ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।