इजरायली बमबारीमा ७ जना बन्धकको ज्यान गएको हमासको दाबी

 फागुन १९, २०८० शनिबार १२:१९:३४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले गरेको बमबारीका कारण गाजा पट्टीमा सात जना बन्धकको ज्यान गएको प्यालेस्टिनको हमासले दाबी गरेको छ । इजरायली बमबारीमा आफ्ना केही लडाकु पनि मारिएका हमासले बताएको बीबीसीले जनाएको छ ।

बमबारीमा मारिएका बन्धकको सङ्ख्या ७० पुग्न सक्ने जनाको खबरमा उल्लेख छ । यद्दपि हमासको यो दाबीलाई स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । मारिएका दाबी गरिएको सात बन्धक पहिले नै मारिएका ३१ बन्धकमध्ये हो या होइनन् भन्ने स्पष्ट भइसकेको छैन । इजरायलको तर्फबाट यसबारेमा कुनै टिप्पणी आएको छैन ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दै दुई सय ५३ जनालाई बन्धक बनाएको थियो । हमासको यो आक्रमणमा आफ्ना १२ सय जना नागरिक मारिएका इजरायलले बताएको छ । इजरायलले हमासविरुद्ध कारबाही शुरु गरेको थियो ।

इजरायली आक्रमणका क्रममा गाजामा झन्डै ३० हजार जनाभन्दा धेरैको ज्यान गएको छ भने सहर लगभग ध्वस्त भइसकेको छ । हमासले बन्धक बनाएकामध्ये अझै केही रिहा हुन बाँकी छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया