हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
हरि थापा/दोलखा ।
विदेशको मेरो अनुभव कल्पना गरेको भन्दा पनि फरक थियो । विदेश गएर कमाउँला । परिवारको समस्या टारौंला भन्दा भन्ने नै थिएन । चरा जस्तै आफ्नै संसारमा रमाउन पल्केको मान्छे म । विदेश पुगेपछि त बाँधिएको जस्तो भएँ । त्यो बेला मलाई लाग्यो मेरो देश त खुल्ला संसार हरेछ । अनि विदेश चाहिँ पिँजडा ।
कसैले कस्तो छ भनेर सोध्दा राम्रै छ भनेपनि त्यसो भन्नुपर्दा मन भने खल्लो भइरहन्छ । आफ्नो गाउँगाउँमा हुँदा भरिएका इन्द्रेणी झैं रंग पनि भेटिदैन विदेशमा । हवाई जहाजले भुईं छाडेसँगै रंगहरु पनि छाडिन्छन् ।
पराई देशमा सोच्दै नसोचेकोकुरा भोग्दा जीवनलाई बुझ्ने अवसर मिल्दो रहेछ । सानैदेखि विदेश घुम्ने सोच पूरा नभएपनि काम दुःख गर्न विदेश आइयो । काम र कोठामा मात्र आवतजावत गर्दा मलाई त डिप्रेसन होला जस्तै भयो । अमेरिका युरोपका देशको सपना देख्न थाले त्यो बेलामा ।
सम्पन्न देशको सपना देख्न थालेदेखि मेरो तन मन नै अर्कै भएको थियो । तर जब अवैधानिक बाटो हुँदै यी देश जाने नेपालीको कथाव्यथा पढ्न थाले तब खाडीमै रम्न थाले ।
साथीभाइ चिन्दैगएपछि रमाइलाे भएपनि दुःख बिर्सन नसकिदो रहेछ । पहिलो पटक विदेश आउदा विमानस्थलमा दुई दिन बस्नु पर्यो । त्यहाँ म जस्ता अरु युवा पनि थिए । कम्पनीबाट अरुलाई लिन आएका साहु देख्दा पनि आफूलाई लिन आए जस्तो लाग्ने । त्यो बेलाको दुःख सम्झदा त अहिले पनि पीडा हुन्छ ।
सार्वजनिक विदा परेकाले मैले विमानस्थलमा दुई दिन बस्नु परेको थियो । जब काममा लागेँ त्यसपछि म काही गइन । त्यो बेलामा त साथीहरुले मलाई देखेर छक्क पर्थे । तर बिस्तारै बानी प¥यो । साथीहरु मिले हप्तामा एक पटक घुम्न जान थाल्यौ ।
बाहिरी वातावरण, चालचलन र मानिसहरु देख्दा खुब रमाइलो लाग्न थाल्यो । भाषा जान्दा घुम्न र काम गर्न सजिलो हुँदोरहेछ ।
न धुँवाधुलो न कान खाने हर्न । साह्रै आनन्द आउने । घुम्न निस्कदाका दृश्य र रमाइलोले पनि खाडीमा मन अड्यायो । अग्ला अग्ला भवन । हाम्रो देशमा त भएको धरहरा पनि भूकम्पले भत्काइदियो । त्यो धरहरा चढ्न पाइन तर मैले विदेशमा ठूलो भवनमाथि बाट सहर नियाल्न पाएँ ।
अग्लो भवन चढ्दा साच्चै आकाशलाई छोए जस्तो । आकाशमै उडेजस्तो लाग्यो । ८६ तलामा पुग्दा सगरमाथा चुमे झैं लाग्यो । मन चन्द्रमा पुगे झै गरी खुशी भएको थियो । गाउँमा छँदा भुईँमै हिडेर आकाशमा उडेझै गरेर रम्ने म परिवारसँग टाढा बस्दा यसरी नै आफूलाई भुलाएँ ।