हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागमा सेवाग्राहीको भिड लागेको छ । केही दिनयता राहदानी विभागमा सेवाग्राहीको भिड लागेको देख्न सकिन्छ ।
आज शुक्रवार पनि बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीले राहदानी (पासपाेर्ट) बनाइरहेकाे/लिइरहेको देख्न सकिन्छ । छिटो पालो पाउनका लागि सेवाग्राही बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका छन् ।
राहदानी विभागले यही पुस ५ गतेदेखि दिउँसाे साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भने पनि अनलाइन सेवा चुस्त नहुँदा झनै सास्ती बेहाेर्नुपरेकाे सेवाग्राही बताउँछन् ।
तस्बिरहरू : न्युज एजेन्सी नेपाल