सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – खाडीका ६ देश नै नेपाली श्रमिकको रोजाइको प्रमुख श्रम गन्तव्य देशमा परेका छन् ।
गएको आर्थिक वर्षमा खाडीका ६ देशमा मात्रै साढे पाँच लाख भन्दा धेरै नेपाली रोजगारीको लागि गएको नेपाल श्रम आप्रवास प्रतिवेदन २०२२ ले देखाएको छ । जसमा ३६ हजार २६० महिला रहेका छन् भने ५ लाख १४ हजार ४४४ जना पुरुष रहेका छन् ।
खाडीको देशमा पनि नयाँ र पुन गरी साउदीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । साउदीका लागि मात्र १ लाख ८८ हजार ६९१ जनाले श्रम स्वीकृत लिएको प्रतिवेदनले देखाएको छ ।
साउदी पछि कतार जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा पर्छ । कतारमा १ लाख ८४ हजार ९२६ जना गएका छन् यूएई जानेको सङ्ख्या धेरै छ । २१ हजार १३९ जना महिला र १ लाख १ हजार ४९६ जना पुरुष गरी १ लाख २२ हजार ६ सय ३५ जना श्रमिक यूएई गएका छन् ।
यस्तै खाडीकै अर्को देश कुवेतमा ५ हजार ३६५ महिला र ३० हजार १ सय ७६ पुरुष गरी ३५ हजार ५४१ जना गएका छन् । बहराइनमा १२ हजार ६२ जना र ओमान जान ६ हजार ८४९ जनाले श्रम स्वीकृति लिएका छन् ।
बितेका ५ वर्षमा सबैभन्दा गएको आर्थिक वर्ष २०७८/०७९ मा खाडी जाने नेपालीको सङ्ख्या सबैभन्दा धेरै छ ।
यस्तै खाडीपछि नेपालीको अर्को प्रमुख श्रम गन्तव्य देश मलेसिया रहेको छ । गएको आर्थिक वर्ष मलेसिया जानका लागि ३६ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै यी बाहेक नयाँ केही देशहरू पनि नेपालीको श्रम गन्तव्य बनेको श्रम आप्रवासन प्रतिवेदनले देखाएको छ । पोल्यान्ड, मालदिभ्स, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा जाने नेपालीको सङ्ख्या पनि बढ्दो छ ।
यी सबै देशमा गरी गएको आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ८९ नेपाली रोजगारी खोज्दै बिदेसिएका छन् ।