जनकपुरमा विवाहपञ्चमी महोत्सव शुरु
मंसिर १६, २०८१ आइतबार
परदेशीलाई घर आउँदा जति खुसी अघिपछि कहिले होला र । घर आउने भनेर सोच्न थालेदेखि नै मन खुसी हुन्छ ।
जब देशमा पाइला टेकिन्छ मन त खुसीले नाचेको हुन्छ । तर जब देशको व्यवस्था र अस्तव्यस्त अवस्था देख्छु तब मन चसक्क दुख्छ । लाग्छ आमा बिनाको सन्तानजस्तै लाग्छ देश ।
विमानस्थलमा पाइला टेकेदेखि नै सास्ती सुरु हुन्छ । बाहिर निस्कियो जताततै गगनचुम्बी भवन मात्र देखिन्छ । बाटो हेर्यो उस्तै भिडभाड । लाग्छ यहाँ सबै जना दौड जित्न निस्किएका हुन् । जता हेर्यो त्यतै मान्छेको भिड पनि थेगी नसक्नुको छ । जब म काठमाण्डौबाट घर जान बसको यात्रा गर्छु त्यति बेला त झन् अचम्मै लाग्छ ।
अनि कामदार भएरै काम गरेको देश किन नहोस् विदेशको सिस्टमको याद आउँछ । विदेशमा त सार्वजनिक यातायात पनि कति सिस्टमले चल्छ । यहाँ त बार्गेनिङ अनि तानातान र मोलमोलाइ हुन्छ । अनि मनले भन्छ सायद देशका नेताले वातावरण राम्रो बनाइदिएका भए यस्तो हुन्थे न कि ।
बाटोका खाल्डाखुल्डी, जाम र ठाउँ ठाउँमा बिना कारण रोकिदिने प्रवृत्ति । चार पाँच घण्टाको दूरीको बाटोमा पनि कम्तीमा १० घण्टा लाग्छ । यो देख्दा त साँच्चै मन दुख्छ । रुन मन नै लाग्छ । घरसम्म पुग्दा त धुलो र धुवाले नै बिरामी परिन्छ झैँ हुन्छ ।
घरकाले पनि चिन्लान् कि नचिन्लान् भन्ने लाग्छ । सुकिला ब्यागहरू धुलोले परिएका हुन्छन् । कपाल धुलोले सेतै भएको हुन्छ । ज्यान दुखेर थिलथिलो भएको हुन्छ ।
अरू देशहरूमा विकासले फड्को मारेर के के भइसक्यो । हाम्रो देशमा आज पनि हाल त्यस्तै छ । गाउँ गाउँमा केही नभए पनि यातायातको सुविधा भयो भने जीवनयापन गर्न सहज हुन्छ ।
तर खै देश त पशुपतिनाथ कै कृपाले चलिरहेको छ । हामी त रोजगारी नपाएर परदेशिएकाे मानिसले आफैलाई धिक्कार्नु बाहेक उपाय पनि के छ र !
नैन बहादुर खत्री
Feb. 12, 2023, 8:12 p.m.हुन पनि नेपाल काहा छ? के हुदै छ? किन एस्तो छ? याह के छैन? हजारौ प्रस्न उठछन्उठछन्?तर ति सपना भनौ भने प्रजातन्त्र कहा छ? कठै पर्देशी को कथा। केहि गर्छु बन्ने लाइ गाहारो छ्। अती राम्रो लेख्।