पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
मंसिर १६, २०८१ आइतबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको अङ्क ५३८ आप्रवासी स्रोत केन्द्र एमआरसी, यसले दिने सेवा र यसको दिगोपनका लागि भइरहेका प्रयास र सरकारी योजनामा केन्द्रित छ । कार्यक्रममा आप्रवासी स्रोत केन्द्र के हो ? वैदेशिक रोजगारीमा जानेहरूले केन्द्रबाट के कस्ता जानकारी र सहयोग लिन पाउँछन् त भन्ने विषयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमकी वरिष्ठ कार्यक्रम अधिकृत संगीता रिजालले दिएको जानकारी सुन्न सकिन्छ । अनि, आप्रवासी स्रोत केन्द्रको दिगोपना र वैदेशिक रोजगारीमा जान चाहनेलाई पालिका स्तरबाटै सही सूचना र जानकारी प्रदान गर्ने गरी सरकारले ल्याएको आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि र यसको विविध पक्षबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपेन्द्र पौडेलसित कुराकानी पनि समेटिएको छ । साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र श्रम तथा रोजगार गतिविधि पनि ।