पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ ।
प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका क्रममा कम्तीमा दुई सय पाँच जनाको ज्यान गएको थियो । प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको याे सबैभन्दा ठूलो उथलपुथल हो ।
सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेश लागू भएको एक हप्ताभन्दा धेरै समय बितिसकेकाे छ । प्रहरीले विद्यार्थी नेताहरूसहित हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
आन्दोलनको आयोजक 'स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन' का सदस्यले आरक्षण विरोधी अभियान चलाएका थिए । सर्वोच्च अदालतले बङ्गलादेशको स्वतन्त्रता आन्दोलनका नायक वा दिग्गजका परिवारलाई दिँदै आएको आरक्षण खारेज गर्न परमादेश जारी गरिसकेको छ । तर पक्राउ परेकाहरूलाई रिहाइ, उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता र आन्दोलनमा दमन गरेका प्रहरी र सेनाका अधिकारीको बर्खास्तीको माग राखेर विद्यार्थीहरूले सरकारलाई विभिन्न चेतावनी दिइरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।