भेनेजुएलामा रहेको अर्जेन्टिनाको दूतावास ब्राजिलको नियन्त्रणमा

 साउन १८, २०८१ शुक्रबार ९:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्ससले भेनेजुएलाका राष्ट्रपतिमा निकोलस मदुरो पुनर्निर्वाचित भएकामा प्रश्न उठाएलगत्तै कर्मचारीलाई छाड्न आदेश दिएपछि ब्राजिलले अजेन्टिनाको दूतावासको जिम्मा लिएको छ ।

अर्जेन्टिनाका राष्ट्रपति जेभियर गेरार्डो मिलेईले भेनेजुएलामा आफ्नो देशको दूतावासको जिम्मा लिएकामा ब्राजिललाई धन्यवाद दिनुभएको चिनियाँ समाचार संस्था रोयटर्सले जनाएको छ । उहाँले ब्राजिलसँगको कूटनीतिक सम्बन्धको प्रशंसासमेत गर्नुभएको छ ।

अर्जेन्टिना सात ल्याटिन अमेरिकी देशमध्ये एक हो जसका कूटनीतिक कर्मचारीलाई भेनेजुएला छाड्न भनिएको थियो । ती सात ल्याटिन देशका सरकारले भेनेजुयलामा भएको राष्ट्रपतीय चुनाव परिणामको पूर्ण समीक्षा गर्न आग्रह गर्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका थिए । भेनेजुएलाका ६ जना विपक्षी व्यक्तिहरु अहिले अर्जेन्टिनी दूतावासमा सुरक्षामा छन् ।

मदुरो राष्ट्रपतिमा निर्वााचित भएपछि ब्राजिल र संयुक्त राज्य अमेरिकाका साथै युरोपेली सङ्घलगायत धेरै देशले भेनेजुएला राजनीतिक सङ्कटमा फसेको बताएका छन् । यसअघि ह्वाइट हाउसले चुनावको नतिजाको विरोधमा भेनेजुयलामा विरोध प्रदर्शन चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायको धैर्य समाप्त हुँदै गएको चेतावनी दिएको थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया