कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा सामान्य बदल...
मंसिर १६, २०८१ आइतबार
अहिले देशभर चिसो बढ्दै गएको छ । चिसो बढेसँगै काठमाडौं उपत्यकासहितका विभिन्न अस्पतालमा बिरामीको संख्या बढेको छ ।
चिसोको बेला बालबालिका र वृद्धवृद्धालाई धेरै नै असर गर्छ । चिसोमा विशेषगरी ज्येष्ठ नागरिकलाई कस्ता समस्या देखिन्छन् भनेर विना न्यौपानेले पाटन अस्पतालमा कार्यरत ज्येष्ठ नागरिक रोग विषेशज्ञ डाक्टर रमेश कँडेलसँग कुराकानी गर्नुभएको छ ।
जाडो मौसममा सर्ने खालका रोग धेरै लाग्ने गरेको छ । त्यसमा पनि निमोनिया एकदम बढेको छ । निमोनियामा नै धेरै खालका किटाणु हुन्छन । एउटा ब्याक्टेरिया हो, त्यसले वर्षभरि नै निमोमिया गराएको हुन्छ ।
अर्काे जाडोमा सक्रिय हुने इन्फ्लुएन्जा हो । अर्काे दीर्घरोग भएका जस्तै दमका बिरामीलाई यो मौसममा बल्झाउने, रक्तचापमा अनियन्त्रित गराइदिने काम इन्फ्लुएन्जाले गर्दछ । ब्लड प्रेसरलाई अनियन्त्रत गराउँदा हृदयघात हुने सम्भावना धेरै हुन्छ ।
धेरै चिसो हुँदा किटाणु सक्रिय हुन्छन् । धेरै चिसो हुँदा किटाणु सक्रिय भएर निमोनिया दम बल्झाउने हो । चिसो आफैँले रोग लाग्ने होइन । अहिले पाटन अस्पतालमा धेरै दमका बिरामीहरु भर्ना भएर बसिरहनु भएको छ । बिरामीको संख्या पनि बढिरहेको छ ।
अर्काे महत्वपूर्ण कारण भनेको जाडो मौसममा अत्याधिक वातावरण प्रदुषणको मात्रा बढ्ने भएकाले पनि हो । हामीले हेर्दा पनि बाहिर तुवाँलो लागेको, नजिकैको दृष्य पनि नदेखिने हुन्छ । यो प्रदुषको कारण पनि अहिले धेरै दमका बिरामी बढेका छन् ।
अरु ठाउँको तुलनामा काठमाडौंमा बढी प्रदुषण भएकाले बिरामी बढेको भन्न मिल्छ । वास्तविकता नै त्यही हो । प्रदुषण काठमाडौंमा धेरै भएकाले यहाँ रहनुभएका ज्येष्ठ नागरिकमा बढी समस्या देखापरेको हो ।
जाडोमा साधारण रुघाखोकी लाग्छ, त्यो इन्फ्लुएन्जा होइन । इन्फ्लुएन्जा गराउने भाइरस भनेको इन्फ्लुएन्जा ए, बी, सी, डी हुन्छन् । रुघाखाकी लाग्ने, विशेष गरी सुख्खा खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, मांसपेसी दुख्ने, हाडजोर्नी दुख्ने भयो भने इन्फ्लुएन्जा भएको बुझ्नुपर्छ । यदि समयमा नै त्यसको उपचार गरिएन भने बल्झिएर कडा खालको निमोनिया हुन्छ ।
इन्फ्लुएन्जाको प्रभावकारी उपचार हुँदैन । ब्याक्टेरियाले गराएको निमोनियालाई एन्टिबायोटिकको माध्यमबाट उपचार गरेर निको बनाउन सकिन्छ । तर इन्फ्लुएन्जाले भएको निमोनियालाई प्रभावकारी हुँदैन । जति पनि औषधि बनेका छन्, त्यसले पूर्ण रुपमा काम गरेको छैन ।
इन्फ्लुएन्जाको खोप पाइन्छ, जस्तो बच्चालाई विभिन्न खालको खोप लगाइन्छ । त्यस्तै इन्फ्लुएन्जा बिरुद्धको पनि खोप पाइन्छ । त्यो खोप लगाउनु पर्छ । लगाउने समय भनेको यही जाडोको समय हो । कात्तिक–मंसिरमा लगाउँदा उपयुक्त हुन्छ ।
यो खोप विशेष गरी ज्येष्ठ नागरिकले लगाउनै पर्ने हुन्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले सामान्य रोगसँग पनि लड्न सक्ने क्षमता शरीरमा हुँदैन । त्यसैले जेष्ठ नागरिकले यो खोप लगाउनै पर्छ । त्योभन्दा कम उमेरका जसलाई दीर्घ रोग जस्तो मुटु, कलेजो, फोक्सो र रगत सम्बन्धीको रोगको समस्या हुन सक्छ ।
जसले बाथ रोगको औषधी सेवन गरिरहनुभएको छ, गर्भवती महिला अनि ५ वर्ष मुनिका बालबालिकमा रोग प्रतिरोधात्मक शक्ति कमजोर हुने भएकोले वर्षको एक पटक यो खोप लगाउनुपर्छ ।
लगाउन मिल्छ । जो व्यक्ति धेरै ठाउँमा जानुपर्ने हुन्छ । समूहमा बोल्नु पर्छ, उनीहरुले यो खोप लिँदा हुन्छ । जस्तै पत्रकार, शिक्षक, डाक्टरलगायत नियमित धेरैजनासँग भेटघाट गर्नुपर्ने व्यक्तिलाई इन्फ्लुएन्जा लाग्ने सम्भावना धेरै हुन्छ । त्यसैले यो खोप लगाउनुपर्छ ।
दुःखको कुरा भन्नुपर्छ, काठमाडौंमा नै पनि दुई तीनवटा निजी अस्पतालमा मात्रै यो खोप उपलब्ध छ । पाटन अस्पतालमा भने नियमित उपलब्ध हुन्छ । ।
सबै ठाउँमा नपाइने रहेछ ।
खोपमा हुने खर्च, खर्च होइन लगानी हो । मध्यम वर्गको लागि त ठूलो कुरा होइन तर जसको आर्थिक अवस्था कमजोर छ, उहाँले पनि वर्षको २ हजार रकम जम्म गर्न सक्नुहुन्छ आफ्नो स्वास्थ्यको लागि ।
यदि इन्फ्लुएन्जाले आक्रमण गर्याे भने आईसीयूमा दिनकै १० हजारले पनि पुग्दैन । त्यसैले पहिला नै खोप लागाइयो भने लाखौंको नोक्सानी हुनबाट बच्न सकिन्छ । एक पटक लगाएको खोपले एक वर्षको लागि काम गर्छ ।
ज्येष्ठ नागरिकमा इन्फ्लुएन्जाको कुनै लक्षण देखियो भने तत्काल डाक्टरकोमा लैजानुपर्छ । किनकी इन्फ्लुएन्जाले जटिल रुप धारण गरेको छ कि छैन भन्ने पत्ता लगाउन सजिलो हुन्छ ।
यदि यसले जटिल रुप धारण गरेको छैन भने औषधीले पनि काम गर्छ । तर यसमा बुझ्नुपर्ने कुरा साधारण रुघाखोकी त हो नि भनेर आफैँ मेडिकलमा एन्टिबायोटिक किनेर खानु हुँदैन ।
जुन रुघाखोकी ज्वरो छ, त्यसविरुद्ध एन्टिबायोटिकले कामै गर्दैन । अहिले नै हामीले धेरै एन्टिबायोटिक प्रयोग गर्यौं भने पछि एन्टिबायोटिक चाहिने रोग लाग्यो भने त्यो एन्टिबायोटिकले काम नगर्ने अवस्था हुन्छ । त्यसलाई एन्टिमाइक्रोवियल रेजिष्टेन्स भनिन्छ ।
किटाणु अझै धेरै बलियो हुँदै जान्छन् । औषधीलाई पचाइसकेका हुन्छन । त्यसैले घरमा नै औषधी किनेर खाने काम सकेसम्म गर्नु हुँदैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।