पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
सिन्धुपाल्चोक – २० वर्षअघि अर्थात सन् १९९९ सम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ पाङलाङ क्षेत्रमा २/४ घर मात्रै थिए । भोटेकोशी पारि अरनिको राजमार्गबाट हर्न बजाउँदै बस कुद्थे । तर पाङलाङबासीलाई खोलापारीको राजमार्गमा पुग्न ३ घन्टा लाग्थ्यो, बस कुदेको हेर्दे बस्नुको विकल्प थिएन । एउटा पुल नहुँदाको पीडा पाङलाङबासीले भोग्नु भोगेका थिए । राजमार्गसँग जोडिन नपाउँदा गाउँमा रोजगारी र उद्योग व्यवसाय उनीहरुको लागि टाढाको कुरो थियो ।
तर जब सन् १९९९ मा न्युजिल्याण्डका डेविड एलर्डाइसले भोटेकोशीका बन्जीको सम्भावना देखेर त्याङथली र पाङलाङबीच जोड्ने झोलुंगे पुल बनाए, त्यसपछि फेरिन सुरु भयो गाउँको मुहार । नेपालका २ दशकसम्म रिभर गाइडको काम गरेका न्युजिल्याण्डका डेविड एलर्डाइस र भैरहवाका विष्णु न्यौपाने मिलेर सन् १९९९ मा भोटेकोशीमाथि पुल बनाएर साहसिक खेल बन्जीको सुरु गरे । अनि पाङलाङमा रिसोर्ट पनि खोले ।
प्राइभेट कम्पनीले बन्जीको लागि पुल बनाएपछि पाङलाङ गाउँलाई मालामाल भयो । खोलैपारीको अरनिको राजमार्गमा जान पनि ३ घन्टा लाग्ने उनीहरु पुल तरेर २ मिनेटमै राजमार्ग पुग्न सक्ने भए । सुरुमा अल्टिमेट बन्जी कम्पनीको नामबाट सुरु भएको कम्पनीले बन्जीसँगै, स्विङ, क्नोनिङ, रक क्लाइमिङ, र्याफ्टिङलगायतका अन्य साहसिक खेल पनि सुरु गर्याे । द लास्ट रिसोर्टको क्षमता बढ्दै गयो, रिसोर्टको क्षमता बढ्दै जाँदा वरपर संरचना पनि थपिए, रोजगारी पाउनेहरु पनि बढे ।
गाउँमै जुरेको रोजगारीको अवसर
सिन्धुपाल्चोकको पाङलाङ गाउँका रामकुमार कार्कीले वैदेशिक रोजगारीको लागि खाडी जानुभएको थियो । गाउँमा कुनै पनि कामको अवसर नभएकोले उहाँलाई विदेश जानुको अर्को विकल्प थिएन । तर पाङलाङमा जब रिसोर्ट खुल्यो, उहाँलाई त्यहीँ काम पाउने वातावरण मिल्यो ।
‘पहिले म विदेशमा थिएँ, यहाँ रिसोर्ट खुल्यो अनि प्रयास गरेको काम पनि पाएँ, घर नजिकै रोजगारी मिलेको छ खुसी छु’ द लास्ट रिसोर्टमा बन्जी क्रु र क्नोनिङ गाइडको काम गरिरहेका रामकुमारले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यहाँ रिसोर्ट र बन्जी नभएको भए हामीले रोजगारी पाउने त कुरै थिएन, यो गाउँका विकास पनि धेरै पछि पर्थ्याे होला, यहाँ रिसोर्ट खुलेपछि गाउँमा धेरै सकारात्मक परिवर्तन आएको छ ।’
लास्ट रिसोर्टमा काम गर्ने गाउँलेहरु पनि अहिले निकै साहसिक मानिएको बन्जी, स्विङ, क्यानोनिङलगायतका खेलका मास्टर अर्थात प्रशिक्षक छन् ।
चाकु गाउँका भोला श्रेष्ठलाई पनि सुरुमा बन्जी देख्दा डर लाग्थ्यो । तर उहाँले रिसोर्टमा काम गर्दा बिस्तारै बन्जीको काम पनि सिक्नुभयो । अहिले आफ्नै गाउँमा रोजगारी त पाउनुभएको छ नै देशविदेशका हजारौंलाई बन्जी गराउने बन्जी मास्टरको परिचय पनि बनेको छ उहाँको ।
‘गाउँमै रोजगारी पाउने ठूलो कुरा हो, त्यसमाथि हरेक दिन देशविदेशका सयौं मान्छेसँग नजिक हुँदै साहसिक खेल खेलाउँदा मज्जा लाग्छ’ मन्द मुस्कानसहित भोलाले भन्नुभयो, ‘मलाइ यहीँ नै तालिम दिइयो र पोख्त बनाएर काम दिइयो, अहिले म बन्जी मास्टर्सको रुपमा काम गरिरहेको छु, खुसी लागेको छ ।’
कर्मचारी चाहिएमा रिसोर्टले पाङलाङ, त्याङथलीलगायत नजिकैका गाउँका नागरिकलाई प्राथमिकतामा राख्ने गरेको छ । द लास्ट रिसोर्टमा काम गर्न ४० जनामध्ये ३५ जना त वरपरको गाउँका नै छन् ।
रिसोर्टमा सरसफाई गर्नेदेखि होटल व्यवस्थापन अनि बन्जी मास्टर्ससम्म काम गर्नको लागि वरपरका गाउँलेले अवसर पाएका छन् ।
रिसोर्टले रोजगारी मात्रै दिएन, मिनालाई बनाइदियो पहिलो महिला बन्जी क्रु
त्याङथलीकी मीना श्रेष्ठ द लास्ट रिसोर्टकै पहिलो महिला बन्जी क्रु हुनुहुन्छ । स्कुल पढ्न जाँदा मान्छे हाम फालेको हेरेर होश हवास उड्ने मिन अहिले द लास्ट रिसोर्टकी एकमात्र बन्जी क्रु हुनुहुन्छ । सुरुमा स्टोर किपरको काम गर्ने मिना केही महिना अघिदेखि बन्जी क्रुमा बढुवा हुनुभएको हो ।
‘मैले स्कुल पढ्दादेखि नै यहाँ जागिर गर्न पाएँ, अहिले त जागिर मात्र होइन एक मात्र लेडिज बन्जी क्रु बन्न पाएकोमा निकै खुसी लागेको छ’ उज्यालो अनलाइनसँग मीनाले भन्नुभयो, ‘पहिले हेर्दा पनि डर लाग्ने बन्जीमा अहिले क्रु भएर काम गर्न पाएको छु, जागिर सकेर बेलुकी आफ्नै घरमा बस्न जान पाइन्छ मज्जा नै छ भन्नुपर्याे ।’
गाउँले उत्पादन रिसोर्टमै खपत
पाङलाङ, त्याङथलीलगायतका गाउँमा उत्पादनहुने खाद्यान्न, सागपात र तरकारी अनि खसी कुखुरा रिसोर्टमा नै खपत हुने गरेको छ ।
‘गाउँमा त्यति धेरै उत्पादन त हुँदैन, तर उहाँहरुले उत्पादन गरेको सामग्रीको लागि बजार नपाउला भन्ने चिन्ता छैन, सागपातदेखि खसी, कुखुरासम्म हामीले नै किन्ने गरेका छौं’ द लास्ट रिसोर्टका सहायक प्रवन्धक शंकर भुजेलले भन्नुभयो ।
नजिकै रिसोर्ट आएपछि पाङलाङमा होमस्टे पनि सुरु भएको छ । दिउँसो बन्जी गरेर बेलुकी होमस्टेमा बस्ने सुविधा छ ।
हाम्रो उदेश्य नाफा कमाउने मात्र होइन : सहायक प्रबन्धक भुजेल
द लास्ट रिसोर्टका सहायक प्रबन्धक शंकर भुजेल रिसोर्टले नाफा कमाउने उदेश्य मात्रै नराखी रिसोेर्ट आसपासका बासिन्दालाई रोजगारी दिने र स्थानीय उत्पादन खपत गर्ने लगायतका काम गरेको बताउनुहुन्छ ।
‘हामीलाई कर्मचारी चाहियो भने पहिले यतै वरिपरिकालाई खबर गर्छौ र यतैबाट माग पूरा गर्छौं, नजानेकालाई सिकाएर भए पनि काम दिन्छौं, त्यति गर्दा पनि काम चलेन भने मात्रै बाहिरबाट ल्याउने हो’ भुजेलले भन्नुभयो ।
त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत रिसोर्टले यस्तै भिमसेन माध्यमिक विद्यालय र बाल विकास गरी वारि र पारिका दुई स्कुलका एक/एक जना शिक्षकको तलव भत्ता पनि रिसोर्टले नै दिँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।