हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
काडमाण्डाै - सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य आर्थिक सहायतामा खर्च गरेको छ । सरकारले पूर्व उपप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ आर्थिक सहायता सहित यो रकम खर्च गरेको हो ।
फागुन महिनामा सरकारले झण्डै २ करोड रुपैयाँ वैदेशिक भ्रमणमा खर्च गरेको छ । सबैभन्दा धेरै प्रधानमन्त्री स्वीजरल्याण्डको डावोसमा जाँदा एक करोड ८१ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ ।
यस्तै कृषिमन्त्री चन्द्रप्रकाश खनाल इटली जाँदा ९ लाख १९ हजार, उद्योगमन्त्री मातृका यादवको भारत भ्रमणको लागि २ लाख ६६ हजार, स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भारत भ्रमणको लागि २ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ । सबै गरेर फागुनमा १ करोड ९३ लाख ४३ हजार रुपैयाँ वैदेशिक भ्रमणमा खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले फागुनमा १८ अर्ब ३७ करोड रुपैयाँ भन्दा धेरै पैसा रकमान्तर गरेको छ । सबैभन्दा धेरै रकमान्तर स्थानीय तहलाई गरिएको छ । समपुरक र विशेष अनुदान माग गरेका स्थानीय तहलाई ६ अर्ब ३ करोड रुपैयाँ रकमान्तर गरेर दिइएको छ ।
यस्तै हुलाकी राजमार्गको दोस्रो चरणको कामको लागि २ अर्ब १५ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।
बुटवल बेलहिया सडकको लागि २० करोड रुपैयाँ, विशेष आर्थिक क्षेत्र सेजको लागि ४० करोड रुपैयाँ दिइएको छ । खाद्य संस्थानको जमिन महान्याधिवक्ताको कार्यालयलाई बेचेवापत आपूर्ति मन्त्रालयलाई १० करोड रुपैयाँ दिइएको छ ।
परराष्ट्र मन्त्रालयलाई गाडी किन्न १ करोड ४६ लाख रुपैयाँ छुट्याइएको अर्थ मन्त्रालयले जनाएको छ । यस्तै न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनको लागि २ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।
फागुन महिनामा सरकारले बाँडेको रकम, वैदेशिक भ्रमणको खर्च र रकमान्तरको तालिका
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।