पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।
यस खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
आफ्नो पूरा शक्तिका साथ अष्ट्रेलियाको बलिङ आक्रमण भारतविरुद्धको खेलमा संघर्षरत देखिएको थियो । गएको बिहीबार द ओभलमा पहिलो इनिङमै लगभग खेलबाट बाहिरिइसकेको थियो ।
३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए । तर, जवाफी पारीको कुनै पनि समयमा अष्ट्रेलियाले खेल नियन्त्रणमा लिन सकेन । महत्वपूर्ण समयमा उसले विकेट गुमाइरहेको थियो ।
यद्यपी एलेक्स केरीको प्रदर्शनले सायद सबैको ध्यान खिचेको थियो । पूरै ब्याटिङपंक्तिमा उनै एक थिए जसले च्याम्पियन शैलीमा रन बटुलेका थिए ।
त्यसको विपरित पाकिस्तान टिम जसले यूएईमा अष्ट्रेलियाविरुद्धको श्रृंखला ५–० ले पराजित भएको थियो । र, आरोन फिन्चको टोली त्यही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।
पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो ।
आफ्नो बाटोमा रहेको श्रीलंकालाई पाखा लगाउने उसको योजना सफल हुन पाएन । किनभने खेलको नतिजा आउनुअघि नै वर्षाले रद्ध भयो । अष्ट्रेलियाविरुद्धको खेलमा पनि उसलाई त्यस्तै प्रदर्शनको जरुरी हुनेछ जस्तो उनीहरुले इंग्ल्याण्डविरुद्ध गरेका थिए ।
टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ । यस्तो अवस्थाको पीचमा खेलको सुरुआती ओभरमा फाष्ट बलर प्रभावकारी हुनेछन् । सायद कप्तानहरु टस जितेर फिल्डिङ रोज्न इच्छुक हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।