विश्वकप क्रिकेट : पाकिस्तान अष्ट्रेलियासँग ४१ रनले पराजित

 जेठ ३०, २०७६ बिहीबार ६:४५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दोस्रो हार ब्यहोरेको छ । बुधबार भएको खेलमा पाकिस्तान अष्ट्रेलियासँग ४१ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा तीन सय सात रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरेको थियो ।

जसमा उसका कप्तान आरोन फिन्चले ८२ रन बनाए । त्यसपछि स्टिभ स्मिथ मात्र १० रनमा आउट भएपछि अष्ट्रेलियाले एक सय ८९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल पनि ब्यक्तिगत २० रनमा आउट भए । मध्यक्रमका खेलाडी क्रिजमा टिक्न नसकेका बेला ओपनर डेविड वार्नरले शतकीय पारी खेले ।

जसमा उनले एक सय ११ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय सात रन बनाए । उसका सन मार्सले २३ तथा उस्मान ख्वाजाले १८ रनको योगदान गरे । यस्तै नाथन कट्लर नीलमात्र दुई रनमा आउट भए । एलेक्स क्यारीले २० रन थपे ।

बलिङमा मोहम्मद आमीरले ५ विकेट लिन सफल भए भने साहिन साह अफ्रिदीले दुई विकेट हात पारे ।

जवाफमा पाकिस्तान ४५ ओभर चार बलमा रनमा समेटियो । निकै खराब सुरुवात गरेको पाकिस्तानले दुई रनमा पहिलो विकेट गुमायो । उसका ओपनर फकर जमान खाता खोल्न नपाउँदै आउट भए ।

तर दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच अर्धशतकीय पारीको साझेदारी भएको थियो । जसमा अजाम ३० रनमा आउट भए । तेस्रो विकेटका लागि इमाम र मोहम्मद हफिजबीच पनि ८० रनको साझेदारी हुँदा पाकिस्तान सम्हालिन खोजेको थियो । तर इमाम ५३ रनमा आउट भएपछि पाकिस्तानले तेस्रो विकेट खेर फाल्यो ।

लगत्तै मोहम्मद हफिज ४६ रनमा आउट भएपछि पाकिस्तानको एक सय ४६ रनमा चौथो विकेट गयो । तर त्यसपछि सोयब मलिकले खाता खोल्न नसक्दा र आसिफ अली ५ रनमा आउट भएपछि पाकिस्तानले दुई सय रन बनाउदा सात विकेट गुमायो । उसका हसन ली ३२ रनमा पेभेलियन फर्किए ।

आठौं विकेटका लागि वाहेब रियाज र कप्तान सरफराज अलीले ६४ रनको साझेदारी गरेका थिए । तर रियाज ४५ रनमा आउट हुन पुगे । तर त्यसपछि भने पाकिस्तानले एकपछि अर्को विकेट गुमाउन पुग्यो ।

बलिङमा अष्ट्रेलियाका प्याट कुमिन्सले तीन तथा मिचेल स्टार्क र रिचार्डसनले दुई दुई विकेट हात पारे ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया