पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई दुई सय १३ रनको लक्ष्य दिएको छ ।
साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४४ ओभर चार बलमा दुई सय १२ रनमा अलआउट भयो ।
राम्रो सुरुवात गर्न नसकेको वेष्ट इन्डिजले चार रनमा पहिलो विकेट गुमायो । उसका इवेन लुइस मात्र दुई रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि क्रिस गेल र सेइ होपले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हालने प्रयास गरेका थिए । तर गेल ३६ रनमा आउट हुँदा वेष्ट इन्डिजले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।
तर त्यसको लगत्तै होप पनि ११ रनमा आउट भएपछि वेष्टइन्डिजको स्कोर ५५ रन हुँदा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि निकोलस पुरन र सिमरोन हेटमेयरबीच ९९ सय रनको साझेदारी भएको थियो । हिटमेयर ३९ रनमा खेलिरहेका बेला आउट भएपछि वेष्ट इन्डिजले एक सय ४४ रनमा चौथो विकेट गुमायो । तर त्यसपछि उसले अरु विकेट सस्तैमा गुमायो ।
जसका कारण स्कोरबोर्डमा दुई सय दुई रन हुँदा उसका आठ विकेट झरेका थिए । वेष्ट इन्डिजका लागि निकोलस पुरनले ६३ तथा आन्द्रे रसेलले २१ रन बनाउँदा कप्तान जेसोन होल्डर नौ रनमा आउट भए । इंग्ल्याण्डका जोफ्रा आर्चरले लगातार दुई बलमा दुई विकेट लिएपछि वेष्ट इन्डिज दबाबमा आएको थियो । अन्ततः वेष्ट इन्डिज दुई सय १२ रनमा समेटियो ।
बलिङमा इंल्याण्डमा जोफ्रे आर्चर र मार्क उडले तीन-तीन विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।