पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
वेस्टइण्डिजका पूर्व कप्तान फ्रांक वरेल एक मात्र यस्ता क्रिकेटर हुन् जसको तस्बिर कुनै देशको नोटमा छापिएकाे थियाे ।
उनको तस्वीर वेस्ट इण्डिजको बारबाडोसको नोटमा छापिएको थियो । एक मे २००७ मा बारबाडोसले ५ डलरको नोटमा फ्रांकको तस्बिर प्रकाशित गरेको थियो । उनको सम्मानका लागि यस्तो गरिएको जनाइएको छ ।
विश्व क्रिकेटका महान खेलाडीहरु सचिन तेन्दुलकर, भिभियन रिचर्डस, ब्रायन लारा, सर डन ब्राडम्यान, कपिल देव र सुनिल गावस्कर जस्तो अग्रजहरु कसैले पनि क्रिकेटमार्फत देशकाे नाम उच्च राखेकाेमा यस्ताे ठूलाे सम्मान पाएका छैनन् ।
सन् १९४१ मा फ्रेन्कले फर्स्ट क्लास क्रिकेटमा कदम राखे । त्यसपछि उनको खेलले विश्वमा तहल्का मच्चायाे । उनले क्रिकेट मैदानमा ‘खतरनाक’ अलराउण्डरको छबि बनाए।
व्यक्तिगत जीवन भने उनको एकदमै सभ्य र शान्त नै थियो । उनको जन्म १ अगष्ट १९२४ मा बारबाडोसमा भएको थियो । ५१ टेस्ट खेलेका उनले ८७ इनिङमा ३ हजार ८ सय ६० रन जोडेका छन् । उनी ब्याटिङ गर्नका लागि ९ नम्बरमा आउने गर्थे ।
अलराउण्डर भएकाले उनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलेका ५१ टेस्टमा बलिङ गर्दा ६९ विकेट हात पारेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।