पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
नेपालका वरिष्ठ सरोदवादक तथा गायक उस्ताद यसराज सुदर्शन राजोपाध्यायलाई भारतको राजस्थानमा सम्मान गरिएको छ ।
आइतबार राजस्थानकाे जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा कलाकार राजोपाध्यायलाई इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड-२०१९ प्रदान गरियाे ।
आर बी फाउन्डेशन र भव्या इन्टरनेशनलको आयोजना तथा कलमकार मञ्चको संयोजनमा भएको मैत्री सम्मेलनमा राजोपाध्यायलाई मुम्बईका समाजसेवी एवं व्यवसायी सुरेश अग्रवालले बेस्टिज अवार्ड प्रदानगर्नु भएको हो । आसामका सामाजिक अभियन्ता शंकरलाल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा सुरेश ज्ञान विहार विश्वविद्यालयका अध्यक्ष सुनीलशर्मा, कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा निशा माथुरलगायतको सहभागिता थियो ।
नेपालसहित भारत, मालदिभ्स, क्यानडालगायतका देशबाट पनि सहभागिता रहेको मैत्री सम्मेलनमा राजोपाध्यायको विशेष सरोद वादन प्रस्तुत गरिएको थियो ।
३ दशक अघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।
नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनुभएको छ ।
सरोदवादनबाहेक उहाँका नेपालीमा पलपल, पानीसरी , त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।