सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
कालिकोट - पलाँता गाउँपालिकाको लगानीमा सञ्चालित रेडियो पलाँता आवाज ९०.३ मेजार्हज आइतबारदेखि बन्द भएको छ ।
स्थानीय जगदिशकुमार पुर्वेले शनिबार बेलुका १० बजेतिर रक्सी पिएर रेडियोको सोलार प्यानल, मिक्सरलगायतका सामाग्रीहरु तोडफोड गरिदिएपछि रेडियो बन्द भएको हो ।
पुर्वेले रेडियोमा पुग्नासाथ आफ्नो अन्तरवार्ता लिनुपर्ने, नलिए विप्लव कार्यक्रता बोलाएर रेडियो जलाउने र रेडियोमा कार्यरत पत्रकारको ज्यान मार्ने समेत धम्की दिएको रेडियोमा कार्यरत सञ्चारकर्मीले बताएका छन् । दोषीलाइ पक्राउ गरी घटनाका सम्बन्धमा आवश्यक छानबिन भइरहेको इलाका प्रहरी कार्यालय थिर्पुका इन्चार्ज कमला मल्लले बताउनु भयो ।
पलाँता गाउँपालिकाले सञ्चारमा स्थानीयको पहुँच बढाउने उद्देश्यले गएकाे वैशाखबाट रेडियो सञ्चालनमा ल्याएकाे थियो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले विज्ञप्ति मार्फत घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएकाे छ।
पुर्वेले भने आफू राति रेडियोमा गएको तर रेडियाे उपकरणमा क्षति नपुप्याएको दावी गरेका छन् । ज्यान मार्ने धम्कीपछि सञ्चारकर्मी सुरक्षा खोज्दै जिल्ला सदरमुकाम तर्फ लागेकाे छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।