हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – वरिष्ठ चलचित्र निर्देशक किशोर रानाको बुधबार दिउँसाे निधन भएको छ ।
६४ वर्षीय रानाको उपचारका क्रममा ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालमा निधन भएको हो । लामो समयदेखि मधुमेहले ग्रस्त रानाको गएको वर्ष मात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
चलिचत्र ‘कर्जा’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका किशोरले ‘राँको’, ‘सीमारेखा’, ‘सन्तानको माया’, ‘मिस्टर मंगले’ ‘घुम्टो’ जस्ता सफल चलचित्र निर्देशन गर्नु भएको छ । बलिउडमा समेत सहायक निर्देशकका रुपमा काम गरेका किशोरले ‘कब होइ मिलनवा हमार’सहितका केही भोजपुरी चलचित्र समेत निर्देशन गर्नु भएको छ ।
उहाँ राष्ट्रिय चलचित्र पुरस्कार २०७४ मा दीर्घ साधना सम्मानबाट सम्मानित हुनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।