पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
कालिकोट - राष्कोट नगरपालिकाकाे ९ वटै वडाहरुमा सडक बिस्तार भएपछि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
मेयर कासिचन्द्र बरालले बताउनु भयो ।
ग्रामीण भेगमा सुविधा सम्पन्न अस्पताल नभएकाले बिरामीहरुलाई स्ट्रेचर र डोकोमा बोक्नुपर्ने समस्यालाइ मध्यनजर गर्दै छिटो छरितो सेवाको लागि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन बजेट विनियोजन गरेको थियो । पहिलो वर्ष सडकलाई प्रथामिकतामा राखेको नगरपालिकाले यो वर्ष एम्बुलेन्स खरिद गरेको हो ।
अब यहाँका बिरामीले सार्वजनिक यातायातका कुर्नुपर्ने समस्याको अन्त्य भएको नगरपालिकाका मेयर कासिचन्द्र बरालले बताउनु भयो । एम्बुलेन्स खरिद गर्दा नियमानुसार राजस्व छुट गरी १० लाख ९८ हजारमा खरिद गरिएको उहाँले जानकारी दिनुभयाे ।
यसअघि नगरपालिकामा रहेका स्वास्थ्य संस्थाबाट सुत्केरी बेथा लागेर थलिएका महिलाहरुलाइ जिल्ला अस्पताल लैजाँदा नगरपालिकाले आफ्नै गाडी प्रयोग गर्दै आएको थियो । अस्पताल लैजाँदा गर्दा बाटोमै बच्चा जन्मिने, रक्तस्राव हुने र बिरामीलाई स्ट्रेचरमा बोक्नु पर्ने बाध्यता हटाउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।
स्थानीयकाे आर्थिक अवस्था हेरेर एम्बुलेन्सको शुल्क निर्धारण गरिने नगरपालिकाले जनाएको छ । रकम तिर्न सक्नेलाई सशुल्क र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निशुल्क सेवा प्रवाह गरिने मेयर बरालले बताउनु भयो । नगरपालिकामा स्वास्थ्य सेवा दिन नगरपालिकाले फार्मेसी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
यहाँका तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिकाले पनि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पलाँता गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिका एम्बुलेस खरिदको प्रक्रियामा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।