सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – क्यासिनो व्यवसाय सञ्चालनका लागि नयाँ निर्देशन जारी भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बनेको ऐन' कार्यान्वयनका लागि क्यासिनो व्यवसायीलाई नयाँ निर्देशन दिएको हो ।
मन्त्रालयले दिएको नयाँ निर्देशनअनुसार क्यासिनोमा जाने उच्च पदस्थ व्यक्तिहरुको विभिन्न माध्यमबाट विशेष निगरानी गरिनेछ । यस्तै एकै पटकमा या एक दिनमा १० लाख रुपैयाँको हारजित भएमा क्यासिनोले सरकारी विशेष इकाईलाई हारजित हुनेको विवरण बुझाउनुपर्ने उल्लेख छ ।
निर्देशिनमा क्यासिनोमा जाने ग्राहकको विवरण खोज्ने र कालोधन भए नभएको, सम्पत्ति रोक्का भए नभएको पुष्टि गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ । ग्राहकले पेश गरेका विवरणमा शंका लागेमा पुष्टि हुने थप कागजात माग्न सक्ने अधिकार क्यासिनोलाई दिइएको छ ।
यस्तै क्यासिनोमा जाने उच्च पदस्थ ग्राहकको पहिचान गर्ने र उनीहरुको विवरण संकलन गर्नुपर्नेछ । उच्च पदस्थ व्यक्तिलाई सामाजिक सञ्जालको आधारमा, सूचक संस्थाले दिएको विवरणको आधारमा र उसको व्यावसायिक जीवनको आधारमा विश्लेषण गर्नुपर्ने पनि निर्देशनमा उल्लेख गरिएको छ ।
निर्देशनको ६ नम्बर बुँदामा कसुरजन्य र शंकास्पद कारोबार गर्ने व्यक्तिबारे विशेष निगरानी राख्ने उल्लेख छ । यस्तै उच्च जोखिम र शंकास्पद ग्राहकको विवरण वार्षिक रुपमा अद्यावधिक गर्नुपर्ने निर्देशिकाले जनाएको छ ।
यस्तै निर्देशनको परिच्छेद २ को बुँदा नम्बर १० मा कुनै पनि ग्राहकले एकै पटकमा या पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँसम्म हारजित गरेमा त्यस्ता ग्राहकको जानकारी १५ दिनभित्र वित्तीय इकाईमा दिनुपर्ने पनि उल्लेख छ । वित्तीय इकाईले चाहेमा कुनै शंकास्पद ग्राहकको थप जानकारी क्यासिनोले दिनसक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
सम्पत्ति शुद्दीकरण ऐन र पर्यटन मन्त्रालयको निर्देशिका उल्लंघन गरेमा ग्राहक तथा क्यासिनोलाई १ लाख देखि १ करोड रुपैयाँ सम्म जरिबाना हुने पनि निर्देशिकामा उल्लेख छ ।
हेर्नुहाेस् निर्देशनकाे पूर्ण पाठ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।