कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा सामान्य बदल...
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – दक्षिण एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा बंगालदेशले नेपाललाई १५६ रनको विजयी लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको बंगालदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
बंगलादेशका लागि कप्तान नजमुल होसेन सान्तोले सर्वाधिक ७५ रन बनाए । उनले ६० बलमा ४ चौका र ४ छक्कासहित ७५ रन बनाएका हुन् । त्यस्तै अफिफ होसेनले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ५२ रन बनाए ।
पारसको उत्कृष्ट बलिङ
नेपालका लागि पारस खड्काले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका पारसले १५ रन दिएर ३ विकेट लिए । बंगलादेशका ओपनरद्वय मोहम्मद नैम र सौम्य सरकारलाई पारसले ६–६ रनमा आउट गरे ।
नैम पारसको बलमा बोल्ड आउट भएका थिए भने सौम्यलाई करण केसीको हातबाट क्याच आउट गराएका थिए । त्यस्तै सैफ हसनलाई पनि पारसले शून्य रनमै बोल्ड गरेका थिए । त्यस्तै यासिर अलीलाई अभिनाश बोहराले कप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नेपालका लागि २ विकेट लिए ।
जारी प्रतियोगितामा नेपालको लिग चरणको अन्तिम खेल हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।