पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बिहीबार पौष महिनाको औँशीमा खण्डग्रास सूर्यग्रहण लाग्दैछ । विभिन्न देशमा फरकफरक समयमा ग्रहण देखिनेछ । नेपालमा बिहान ८ः४२ बजेदेखि ग्रहण सुरु हुनेछ । ग्रहणको मध्य समय बिहान १०ः०१ बजे हुनेछ र ग्रहण मोक्ष अर्थात् ग्रहण सकिने समय मध्यान्ह ११ः३१ बजे मात्र हुनेछ ।
सूर्यग्रहण २ घण्टा ४९ मिनेट लाग्नेछ । पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु हुने ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त हुनेछ । ग्रहणको सूतक आज राति ८ः४२ बजेदेखि नै सुरु हुने भएकाले बुधबार बेलुका ८ः४२ देखि नै बालक, वृद्ध, बिरामी बाहेकका व्यक्तिलाई भोजन गर्न निषेध गरिएको छ ।
बिहीबारको सूर्यग्रहण विक्रम संवत् अनुसार पनि २०७६ सालको अन्तिम ग्रहण हो । योभन्दा पहिले यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देख्न सकिन्छ ।
ग्रहणलाई खुला आँखाले भने हेर्नु हुँदैन । दूरबिन आदिको प्रयोगबाट भने ग्रहण हेर्न सकिन्छ । ग्रहण दुई प्रकारको हुन्छ । १. खण्डग्रास २. खग्रास
सूर्य वा चन्द्रमाको पूरै भाग नभइ थोरै अर्थात् आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ र कुनै भाग मात्र नभइ सूर्य वा चन्द्रमाको पूरै भाग छायाँमा पर्नुलाई ग्रस्तोदित या खग्रास ग्रहण भनिन्छ ।
खण्डग्रास थोरै समय मात्र रहन्छ भने खग्रास ग्रहण धेरै समयको हुने गर्दछ । बिहीबार हाम्रो देशमा लाग्ने ग्रहण पनि खण्डग्रास सूर्यग्रहण हो । चन्द्रग्रहण सधैँ पूर्णिमा तिथिमा मात्र लाग्दछ भने सूर्यग्रहण सधैँ औँशी तिथिमा मात्र लाग्दछ ।
ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणको समयमा धेरै कामहरु गर्न निषेध गरिएको छ । जस्तै: कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, दाँत माझ्नु, गाइभैँसी दुहुनु, भोजन गर्नु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु, रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन ।
गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने बताइन्छ । वैज्ञानिक अनुसन्धानअनुसार पनि ग्रहणको समयमा वातावरणमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । जसका कारण नराम्रा कीटाणुहरुको सङ्ख्या धेरै बढ्छ । त्यसकारण भोजन नगरी बस्न सक्नेहरुले ग्रहणको समयमा भोजन नगर्नु नै राम्रो हुन्छ ।
ग्रहणको समय अगाडि नै पाकेका सामग्रीहरुमा तुलसी पत्र र कुश राख्नाले ग्रहणको समयमा निस्किने किटाणुहरुको प्रभाव निकै कम पर्दछ भन्ने पूर्वीय ग्रन्थहरुको मान्यता छ । पूर्वीय धर्मग्रन्थहरु मत्स्य पुराण, नारद पुराण, भागवत, वेद आदिमा ग्रहणको निकै चर्चा गरिएको पाइन्छ ।
यसरी हाम्रो ज्योतिषीय मान्यता र आधुनिक वैज्ञानिक मान्यतामा भाषागत फरक भए पनि निचोड भने एकै किसिमको आएको देखिन्छ । यो समयमा कुनै पनि विशेष काम नगर्नु भन्ने नै दुवै सिद्धान्तको निचोड हो । दुवै विषयका ज्ञाताहरुको लागि ग्रहण विशेष अनुसन्धानको समय पनि हो ।
बिहीबारको सूर्यग्रहणको फल :
मेष: मान नाश । वृष: कष्ट । मिथुन: स्त्रीपीडा । कर्कट: सौख्यम् । सिंह: चिन्ता । कन्या: व्यथा । तुला: श्री प्राप्ति । वृश्चिक: क्षति । धनु: घात । मकर: व्यय । कुम्भ: लाभ । मीन: सुख ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।