पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – सङ्गीत क्षेत्रमा ख्याति कमाउनु भएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ ।
विगत लामो समयदेखि सङ्गीत क्षेत्रमा याेगदान पुर्यानु भएका राजोपाध्यायलाई भारतको राजस्थानमा गएकाे माघ ५ गते 'विविधता मे एकता राष्ट्रिय सम्मान' २०२० बाट सम्मान गरिएको हो ।
एनआरबी फाउण्डेशन एवं भव्या इन्टरनेशनलको अयोजना भएको अन्तर्राष्ट्रिय मैत्री सम्मेलनको अवसरमा भारतको राजस्थानको 'विवेकानन्द इन्स्टियुट अफ् टेक्नोलोजी' मा भएको समारोहमा राजोपाध्याय सम्मानित हुनु भएको हो । राजोपाध्यायले सङ्गीत क्षेत्रमा पुर्याएकाे योगदानको कदर गर्दै सम्मान गरिएको बताइएको छ ।
समारोहमा राजोपाध्यायलाई डा. सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्ट्रिय सम्मान प्रदान गर्नु भएको हो । समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा. निशा माथुर लगायतको सहभागिता थियो ।
तीन दशक अघिदेखि सङ्गीत साधनामा लाग्नु भएका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाई १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा 'इन्टरनेशनल इण्डियन बेस्टिज अवार्ड' २०१९ प्रदान गरिएको थियो ।
राजाेपाध्यायलाई सन् २०१३ मा भारतको पश्चिम बङ्गाल सरकारले सङ्गीत मञ्जरी उपाधि प्रदान गरेकाे थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।
नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ ।
सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय सङ्गीततर्फ वनडे रागाज, सोलफूल म्युजिक फर मेडिटेशन र भारतबाट सुरिल म्युजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।