सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – इतिहासकार इमानसिंह चेम्जोङको जीवनी तथा योगदानमा आधारित वृत्तचित्र ‘इमानसिंह चेम्जोङ’ को निर्माण गरिएको छ ।
किराँत इतिहास, धर्म, भाषा, लिपि र संस्कृतिसम्बन्धी विशेषज्ञ रहनु भएका चेम्जोङले पुर्याएको योगदानलाई समेटेर वृत्तचित्र निर्माण गरिएको निर्माता इमानसिंह चेम्जोङ मेमोरियल फाउण्डेशनले जनाएको छ ।
वृत्तचित्रकाे निर्देशन पत्रकार सेन्छेलुङ पतङवाले गर्नुभएको हो भने कार्यकारी निर्माता बुद्ध चेम्जोङ रहेको फाउण्डेशनले जनाएको छ । काठमाण्डाैमा विशेष प्रदर्शन गरिएको वृत्तचित्र अरु ठाउँमा प्रदर्शन गर्ने तयारी गरिरहेको फाउण्डेशनले जनाएको छ ।
भारत, कालिम्पोङको दूरपिन डाँडामा सन् १९०४ को जनवरी १ तारिखमा जन्मिनु भएका इमानसिंह चेम्जोङले सिरिजंगा लिपिको पुनर्उत्थान, व्याकरण, लोकसाहित्य, दर्शन, संस्कृति एवं मुन्धुम लगायतको क्षेत्रमा खोज तथा अनुसन्धान गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा किराँत भाषा तथा संस्कृति विशेषज्ञका रुपमा लामो समय काम गर्नुभएका चेम्जोङको निधन सन् १९७६ मा दार्जिलिङमा भएको थियो ।
चेम्जोङले आफ्नो खोज तथा अनुसन्धान एवं सामाजिक अभियानका क्रममा पार गरेका यात्रालाई वृत्तचित्रमा समेटिएको निर्देशक पतङ्वाले बताउनु भयो ।
चेम्जोङका किराँत इतिहास, किराँत साहित्यको इतिहास, किराँत मुन्धुम (वेद), किराँती दन्त्यकथा, किराँत मुन्धुमखा, History & Culture of The Kirat People किराँत दर्शनको सारांश, किराँत व्याकरण, किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास शीर्षकका पुस्तक प्रकाशित छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।