पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
कालीकाेट - कालिकोटका ४ वटा स्थानीय तहका झण्डै २ हजार घरमा अहिले शुद्ध खानेपानी सहितका धारा जडान गरिसकिएको छ । यहाँका पलाँता, रास्कोट, नरहरिनाथ र तिला गुफाका नगरपालिकाले धारा जाेड्ने कामकाे पहल गरेका हुन् ।
पलाँता गाउँपालिका
पलाँता गाउँपालिकाले पलाँताका ५ सय ६ घरधुरीमा खानेपानी पुर्याइएको छ । पलाँता गाउँपालिका र वाटर एड नेपालले आर्थिक सहयोगमा किर्डाक नेपालले खानेपानी आयोजना निर्माणका लागि सहजीकरण गरेको हो ।
पलाँता गाउँपालिकाले पहिलो गाउँ सभाबाट तीन वर्षभित्र पलाँताका सबै घरहरुमा खानेपानी धारा पुर्याउने गरी महत्त्वाकांक्षी योजना बनाएको थियो । प्रदेश सरकारबाट अघिल्लाे वर्ष १० करोड रुपैयाँ बजेट पाएपछि गाउँपालिकाले सबै वडामा खानेपानी पुर्याउन सर्भे डिजाइन र मूल ट्यांकी निर्माणको काम सकेको छ ।
गाउँपालिकाका ८ र ९ नम्बर वडाका बाडदेव, कालचिउरी, सुनावाडा, बालुवा, दलितटोल, बेर्सनकोटलगायत बस्तीका ५ सय ६ घरमा धारा जडान भइसकेका छन् । अघिल्लाे वर्ष थिर्पुका २ सय ७ घर र यस वर्ष ८ र ९ नम्बर वडाका बाँकी २ सय ९९ घरमा मिटरसहितका धारा जडान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बलमे बताउनु भयो ।
थिर्पुमा घरघरमा धारा भएपछि स्थानीय महिला खुशी भएका छन् । ‘पहिले खोलाको पानी खानुपर्थ्यो, चेल घरमै धारा छ, पानी बोक्न खर्च हुने समय अन्य काममा लगाएका छौँ’, पलाँता–९, कालचिउरीकी ४५ वर्षीया मैनादेवी बमले भन्नुभयाे । उहाँका अनुसार कुलोको पानी खाँदा २०६३ मा फैलिएको झाडापखालाबाट गाउँमा ११ जनाको ज्यान गएको थियो ।
रास्कोट नगरपालिका
रास्कोट नगरपालिकाले पनि घरघरमा धारा अभियान थालेको छ । नगरका सबै वडाका घरघरमा धारा पु¥याउन २० करोड रुपैयाँको डिजाइन स्टिमेट तयार भइ बजेट जुटाउन पहल भइरहेको छ ।
वडा नम्बर ३ र ६ का चार सय घरमा धारा जडान भइसकेको नगरप्रमुख काशीचन्द्र बरालले बताउनुभयाे । नगरपालिकाले सिप्टीमा जलाशय बनाएर खानेपानी, विद्युत् र सिँचाइ हुने गरी बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयाे ।
खाँडाचक्र नगरपालिका
त्यस्तै, खाँडाचक्र नगरपालिकाको वडा नं १ मा पर्ने मान्मबजार र वडा नं ७ को पिलीमा पनि घरघरमा धारा जडान भएका छन् । वडा नंं १ का धाराहरुमा भने नियम खानेपानी नआउने गरेको गुनासो छ ।
तिलागुफा नगरपालिका
तिलागुफा नगरपालिकाको राँचुली र चिल्खायाँमा पनि घरघरमा धारा पुगेको नगरप्रमुख रतनबहादुर शाहीले जानकारी दिनुभयाे । उहाँले नगरका अन्य वडामा पनि घरघरमा धारा पुर्याउन काम भइरहेको बताउनुभयाे ।
नरहरिनाथ गाउँपालिका
नरहरिनाथ गाउँपालिकाको कुमालगाउँ गोठीमा यसअघि नै घरघरमा धारा जडान भइसकेको छ । माडेगाउँसहितका बस्तीमा धारा जडानको काम भइरहेको छ । यस वर्षमात्र ५ करोड रुपैयाँका खानेपानी आयोजना सुरु भएका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।