सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
कालिकोट : कालिकोटबाट पीसीआर परीक्षणका लागि जेष्ठ १५ गतेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ४ सयभन्दा बढीको रिपोर्ट अझै आएको छैन ।
जेष्ठ १५ गते महाबै गाउँपालिकामा रहेको क्वरेन्टीनबाट १ सय ४ जनाको र खाँडाचक्र नगरपालिकाबाट ३० जनाको स्वाब पठाइएको थियो ।
त्यस्तै १६ गते नरहरीनाथ गाउँपालिको ३७ शुभकालिका गाउँपालिका ९२ शान्नीत्रिवेणी १ सय १२ रास्कोट नगरपालिका ७४ र खाँडाचक्र नगरपालिकाको ६१ जनाको पठाइएको थियो । पुनः १९ गते खाँडाचक्र नगरपालिका बाट ३० जना सहित कुल ४ सय ४० जनाको पीसीआर परिक्षणका लागि जुम्ला पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भयो ।
पीसीआर परिक्षणको रिपोर्ट नआउँदा पालिकालाई क्वरेन्टीन व्यवस्थापन गर्न निकै कठिनाइ भएको छ । दैनिक १ सय ५० जनाभन्दा बढी मान्छे आइरहेका छन् ।
सोमबार राति आएकोहरुलाइ पाल हालेर राखेकको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्कप्रसाद उपाध्यायले बताउनु भयो । भारत लगायत विभिन्न देशबाट कालिकोट आउनेहरुको संख्या बढ्दै गएको र पीसीआर परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा क्वरेन्टीन व्यवस्थापन गर्न निकै चुनौती भएको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताउनु भयो ।
यसैबीच, कालिकोटका ९ जना डाक्टरको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
किन हुन्छ पीसीआर परीक्षणमा ढिलाइ ?
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा दैनिक ५ देखि ६ घण्टामा १ सय जनाको मात्र पीसीआर परीक्षण गर्न मिल्छ । जुम्लाले अहिले जुम्ला, दैलेख र कालिकोट तीन जिल्लाको परीक्षण गरिरहेको छ । हालसम्म ३ हजार ३ सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्ट्रार बिश्वराज काप्लेले बताउनु भयो ।
सरकारले आरडीटी गरेर पोजिटिभ देखिएकाहरुको मात्र पीसीआर परीक्षण गर्ने भनेकाले अब पीसीआर परीक्षण अलि छिटो हुने रजिष्ट्रार काप्लेले बताउनु भयो ।
के भन्छन् नागरिक ?
क्वरेन्टीन भरिएको र जिल्लामा भारतलगायत विभिन्न देशबाट मान्छे आउन नरोकिएकाले कर्णालीमा कोरोनाले भयावह अवस्था आउने स्थानीयको बुझाइ छ ।
हाल रहेका क्वरेन्टीनलाइ समयमै उचित व्यवस्थापन गर्न नसके कर्णाली कोरोना केन्द्र हुने स्थानीय दिनेश शाहीले बताउनुभयो ।
पीसीआर रिपोर्टमा ढिलाइ हुँदा क्वरेन्टीनमा रहेकाहरुका लागि खाना खर्च बढ्ने देखिन्छ । क्वरेन्टीनमा रहेका सबै एकै ठाउँमा भेला हुने, एउटै शौचालय प्रयोग गर्ने लगायतका कार्यले संक्रमण छिटै सबैमा फैलिने देखिन्छ । सरकारले सम्बन्धित जिल्लामै पीसीआर परीक्षण गर्न सके कोरोना रोकथाममा सहयोग पुग्ने देखिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।