पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – धवलागिरि गाउँपालिका ६ काे मराङमा पहिरोमा परेर बेपत्ता भएकामध्ये आठ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता २१ मध्ये आठ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
मराङको पहिरोमा परेर अन्य आठ जना घाइते भएका छन् भने अहिलेसम्म अलपत्र परेका सात सय १० जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो ।
अहिले घाइतेहरुको प्रभु एअरको हेलिप्टरमार्फत उद्धार गर्ने काम भइरहेको छ । घटनास्थलमा प्रहरी, स्थानीय, जनप्रतिनिधिलगायतले खोजी र उद्धारको काम गरिरहेका छन् ।
घटनास्थलमा सांसद भूपेन्द्रबहादुर थापा, पूर्व सांसद नवराज शर्मा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरसहितको टोली पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।