माग अनुसारको सुन उपलब्ध नहुँदा दाङका सुनचाँदी पसल बन्द

 भदौ ८, २०७५ शुक्रबार ७:५२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – माग अनुसारको सुन सरकारले उपलब्ध गराउन नसकेको भन्दै शुक्रबारदेखि दाङका सुनचाँदी पसल बन्द भएका छन् ।

नेपाल सुनचाँदी व्यावसायी संघ, दाङको घोराहीमा बसेको बैठकले शुक्रबारदेखि आइतबारसम्म सुनचाँदी पसल बन्द गर्न निर्णय गरेको नेपाल सुनचाँदी व्यावसायी संघ, दाङका अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिनुभयो । 

बजारमा सुनको माग अत्याधिक बढेको बताउँदै सुनको अभाव हुँदा माग अनुसारको सुन ग्राहकलाई उपलब्ध गराउन नसक्दा पसल बन्द गर्न लागेको अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो ।

व्यवसायीहरुले सरकारले सुनमा सिन्डिकेट लगाएको हुँदा पछिल्लो समय सुन अभाव देखिएको बताउँदै तत्काल सिन्डिकेट खारेजीको माग गरेका छन् । चार्डपर्व नजिक आउँदै गर्दा सुनका गरगहना अत्यधिक माग भैरहेको छ । 

सरकारले व्यापारीलाई समयमै सुन उपलव्ध गराउन नसक्दा समस्या भएको व्यवसायीको बताउँछन् ।

अन्तिम अपडेट: कात्तिक २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया