पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
लमजुङ – लमजुङको दोर्दी गाउँपालिका–८, हिलेबजारमा रहेका १५ घर बाढीले बगाएको छ । लगातारको वर्षासँगै दोर्दी खोलामा आएको बाढीले मंगलबार साँझ हिलेबजारका १५ घर बगाएको दोर्दी गाउँपालिकाका सूचना अधिकारी धर्म गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिलेबजारका अन्य घरधुरी पनि बाढीको जोखिममा रहेका छन् । ‘दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । अन्य घरहरु पनि जोखिममा रहेका छन्,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार विस्थापितहरुलाई अहिले फलेनी माविको भवनमा राखिएको छ । केही भने हिलेबजारकै माथिल्लो क्षेत्रमा रहेका छिमेकीका घरधुरीमा बसेका बसेका छन् ।
बाढीबाट यस क्षेत्रका १ सय बढी घरधुरी प्रभावित भएको उहाँले बताउनुभयो । गाउँपालिकाकाले तत्कालका लागि उपलव्ध १७ थान त्रिपाल वडामार्फत त्यस क्षेत्रमा वितरण गर्न लागेको पनि उहाँले बताउनुभयो । गाउँपालिका क्षेत्रमा बाढी, पहिरोले पुर्याएको क्षतिको विवरण संकलन भइरहेको पनि उहाँले बताउनुभयो ।
अहिले दोर्दी खोलामा पानीको बहाव केही घटेको छ । तर यस नदी किनारामा रहेका बासिन्दाहरु ढुक्कसँग बस्न सक्ने स्थितिमा नरहेको उहाँले बताउनुभयो । यसअघि नै जिल्ला प्रशासन कार्यालय, लमजुङले नदी किनारामा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न आग्रह गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।