हिउँद लागेसँगै आगलागीका घटना बढे, २४ घण्टामा १० ठाउँमा आगलागी
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा आज बिहीवार भएकाे पहिलाे खेलमा प्रदेश नम्बर २ लाई ८७ रनले पराजित गर्दै सुदूरपश्चिम समूह 'बी' बाट अन्तिम चारमा प्रवेश गरेको हो । हारसँगै प्रदेश २ भने प्रतियाेगिताबाट बाहिरिएको छ ।
सुदूरपश्चिमले दिएको एक सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रन मात्रै बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले नटआउट ५० रन बनाइन् ।
यसैबीच सशस्त्र प्रहरीको एपीएफ क्लब समूह 'बी' को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज गण्डकी प्रदेशलाई एक सय १७ रनले हराउँदै एपीएफ अपराजित रहँदै अन्तिम चारमा पुगेको हो ।
एपीएफले दिएको एक सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा सात विकेट गुमाएर ३३ रन मात्रै बनाउन सक्यो । एपीएफकी करुणा भण्डारी र सुस्मिता श्रेष्ठले दुई/दुई विकेट लिए ।
प्रतियाेगितामा समूह 'ए' बाट प्रदेश १ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् । आटठ टिम सहभागी प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।