पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
म्याग्दी – टाढाबाट हेर्दा ठूलो चट्टान वा पहरा जस्तो देखिने । नजिक पुगेपछि ओढारको आकार । सिँढी चढेर भित्रै उक्लिएपछि घरको झल्को मेटिने । अझ माथि जाँदा कोठैकोठा र तलैतला भएको । कोठाभित्र पुराना सामग्री समेत राखिएको छ । तलामाथि चढेर हेर्न पाउँदा आफ्नै घरको माथिल्लो तला (बुइँगल)मा उक्लिए जस्तो भान हुन्छ ।
हिमालपारीको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेका प्राचीन गुफा पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्न थालेका छन् । विगत केही वर्षयता देशैभर भ्रमण गर्नेहरुको सङ्ख्यामा वृद्धि भएसँगै मुस्ताङ भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य रोजाइमा गुफा पर्न गएको हो । खासगरी उपल्लो मुस्ताङको छोसेर, छोन्हुपलगायत विभिन्न स्थानमा रहेका गुफा अवलोकन गर्नका लागि पर्यटकको आकर्षण बढेको छ ।
पछिल्लोपटक नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै मुस्ताङ पुग्ने पर्यटकहरु बढेका छन् । पर्यटकहरुले मुस्ताङका विभिन्न ठाउँमा रहेका प्राचीन समयमा मानवनिर्मित गुफाहरुको अवलोकन गर्दछन् । हिमाली जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर तथा आकर्षक छ । त्यसमा पनि मुस्ताङ गुफा, गुम्बा, चैत्यका साथै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रले सजिएको छ । उत्तर–दक्षिण जोड्ने छिमेकी देश चीनसँगको सिमाना बहुचर्चित कोरला नाकाले समेत मुस्ताङप्रति आकर्षण बढेको पाइन्छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोसेरमा रहेको झोङ गुफा खासगरी पर्यटकहरुको रोजाइमा परेको स्थानीयवासी बताउँछन् । उक्त गुफाभित्र कुल १ सय ८ ओटा कोठाहरु रहेका छन् । तत्कालीन समयमा चिनियाँ र तिब्बतीयनहरुको आक्रमणबाट बच्नका लागि स्थानीयले ठूलो मेहेनतका साथ गुफा बनाएका थिए । उनीहरु त्यही गुफाभित्र लुकेर चिनियाँ र तिब्बतीयनहरुको आक्रमण हुनबाट ज्यान जोगाउन बसेको मुस्ताङीको भनाइ छ । स्थानीयले घरेलु हातहतियारको प्रयोग गरेर गुफाको निर्माण गरेका थिए । परम्परागत सीप र प्रविधिमा आधारित रहेर बनाइएका गुफा भित्रका कोठाहरु निकै कलात्मक, आकर्षक र मनमोहक देखिन्छन् ।
गुफाका हेरालु (कर्मचारी) युटिन गुरुङले तत्कालीन समयमा चिनियाँ र तिब्बतीयन नागरिकहरुको आक्रमणबाट बच्नका लागि गुफा बनाइएको बताउनुभयो । त्यसबेला तिब्बतीयनहरु आक्रमण गर्न र स्थानीयले पिउने पानी लैजानबाट रोक्न गुफामूनि कुरेर बसेका थिए । सोही क्रममा गुफाभित्र एकजना महिलाले तेलले नुहाएको चिनियाँ र तिब्बतीयनहरुले देखेपछि यिनीहरुसँग पिउने मात्रै नभई नुहाउने पानी समेत प्रशस्तै रहेछ भनी आक्रमण नगरी फर्किएको किम्बदन्ती रहेको हेरालु गुरुङले जानकारी दिनुभयो ।
पछिल्लो समय गुफा हेर्नका लागि मात्रै सिजनमा दैनिक १ सय जनाभन्दा बढी पर्यटकहरु उपल्लो मुस्ताङ पुग्छन् । गुफाको मर्मतसम्भारका लागि स्थानीयले आवश्यक पहल गर्दै आइरहेका छन्भने पर्यटकबाट शुल्क समेत लिने गरिएको छ । निकै आकर्षक देखिने मुस्ताङका गुफाको अवलोकनसँगै पर्यटकहरु कोरला नाकासम्मै पुग्छन् । तर पछिल्लो दुईवर्ष गुफाको भ्रमणमा पर्यटकहरुको कमी आएको छ । कोरोना संक्रमणको जोखिमले गर्दा पर्यटकीय क्षेत्र सुनसान बन्दा यसको प्रत्यक्ष असर विभिन्न क्षेत्रमा परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।
Pradumna Kumar Pokharel
Feb. 13, 2022, 8:09 a.m.यही २०७८ पौषमा मलाई पनि उक्त गुफा अवलोकन गर्ने अवसर मिलेको थियो । यो एक अद्भुत कलाको नमुना हो । यस्तो विषय उजागर गरेर जनचेतना फैलाउन सकेमा आन्तरिक पर्यटनको विकास मात्र नभै हिमाल पारीको जनजिवन अध्ययन गर्न समेत सहज हुनेछ ।