पूर्वी नवलपरासीको धौवादी डाँडाको वायु उर्जा केन्द्रमा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - हिमालयन शेर्पा क्लबले पाँचौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रङ्गशालामा आज भएको खेलमा नव जनजागृति युवा क्लब सिमरालाई ४–० ले हराउँदै हिमालयनले विजयी सुरुवात गरेको हो ।
जितसँगै हिमालयन शेर्पा क्वाटर फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि शेर्पाले अब आयोजक सुदूरपश्चिम ११ स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल सोमवार धनगढी रङ्गशालामा हुनेछ ।
हिमालयनले ३१औँ मिनेटमा विकास मेराग्लियाको गोलबाट अग्रता बनायो । उनले डेब्यु खेलमै हिमालयनका लागि गोल गरेका हुन् ।
इटलीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका विकासले च्यासल युथ क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए । मोफसलका लागि उनी हिमालयनमा आबद्ध भएका हुन् । लिगमा गोल गर्न नसकेका विकासले नेपालमा पहिलो गोल पनि खप्तड गोल्डकपमा गरेका छन् ।
खेलको ४३औँ मिनेटमा उल्रिच सिवेले गोल गर्दै हिमालयनलाई २–० को अग्रता दिलाए । ५५औँ मिनेटमा उल्रिचले व्यक्तिगत दोस्रो गोल गरेपछि हिमालयन ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८१ औँ मिनेटमा पूर्णबहादुर गुरुङले गोल गर्दै हिमालयनलाई ४–० को जित दिलाए । खेलको म्यान अफ द म्याच उल्रिच सिव भए । उनले नगद १० हजार पाए ।
आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख भने पाउनेछन् । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।