सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
अर्घाखाँची - अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ ।
शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मेयर छविलाल पौडेलले बताउनुभयो । उहाँले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनु भएको छ ।
प्रथम कार्यपालिकाको बैठकले नगरपालिका भित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई नि:शुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् ।
अन्य व्यक्तिको लागि नि:शुल्क प्रयोग गर्निे गरी एम्बुलेन्स खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो । उहाँले नगरपलिका भित्र १२ कक्षासम्मको शिक्षा नि:शुल्क गर्ने समेत बैठकले निर्णय गरेको बताउनुभयो । खनालले ५ वर्षमा नगरपालिकाले प्राप्त गरेका उपलब्धिहरु सहितको कार्य विवरण जनप्रतिनिधहरुमाझ प्रस्तुत गर्नु भएको थियो।
जिविस छदाकै करिब ५ करोड रुपैयाँ बेरुजु नगरमा देखिएको बताउँदै अहिले बेरुजु कम गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिहरु समेत सजक रहेको बताउनुभयो । सधैँ आन्तरिक आम्दानीको ५ वर्षको अवस्था सार्वजनिक गर्दै खनालले आम्दानीका अन्यबाटो खोजेर नगरको आन्तरिक आम्दानी बढाउने बताउनु भयाे ।
टुक्रे योजनाले विकास निमार्णमा प्रगति गर्न नसकिएको बताउँदै आउँदाे वर्ष ५ लाख रुपैयाँभन्दा साना योजना निमार्ण नगर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।