सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
दाङ – नेपाल घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९ सुरु भएको छ ।
'साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ' भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उद्घाटन गर्नुभएको हो । याे प्रदर्शनी आउँदाे १३ गतेसम्म चल्नेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र बलियो बनाउनका लागि र स्थानीय उत्पादनको बजारीकरणका लागि यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योग एवम् स्थानीय किसानले उत्पादन गरेको वस्तुहरूको बजारीकरणका लागि यस प्रदर्शनीले भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । यस प्रदर्शनीले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क स्टल उपलब्ध गराएको भन्दै मन्त्री शर्माले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्री शर्माले दाङ साना उद्योग र कृषिको क्षेत्रमा राम्रो सम्भावना बोकेको जिल्ला भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन सबैमा अनुरोध गर्दै स्थानीय उत्पादनले रोजगार सिर्जना गर्ने बताउनुभयो । उहाँले दाङको विकासका लागि आफू सबैसँगको सहकार्यमा लागिरहेको पनि बताउनुभयो । घोराही–तुलसीपुर चार लेन सडक निर्माणकाे काम अलपत्र रहेकाले यसको समाधानका लागि लागिरहेकाे उहाँकाे भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य राजु खनालले कृषि उत्पादनलाई प्राथमिकता दिएर यस्ता प्रदर्शनीहरूले बजारीकरणमा सहयोग गर्ने बताउनुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।