चिट्ठामा नयाँ बस उपहार

 फागुन ९, २०७९ मंगलबार १९:४३:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा रहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले आफ्ना व्यवसायीहरूलाई चिट्ठा प्रणालीबाट नयाँ बस उपहार प्रदान गरेको छ । दाङको तुलसीपुरमा दुई जनाले आज मङ्गलवार चिट्ठामा नयाँ बस जितेका हुन् ।

लाखौँ मूल्य पर्ने नयाँ बस बाँकेको राप्ती सोनारी गाउँपालिका २ का विशाल चन्द र दाङको बबई गाउँपालिका ७ मलैका विष्णु पुनले चिट्ठामार्फत जितेका हुन् । दुवै जना राप्ती त्रिशिद्धेश्वरी यातायात प्रालीमा आबद्ध गाडी धनीहरू हुन् ।

त्रिशिद्धेश्वरी यातायात प्रालीले आफ्नो संस्थामा आबद्ध झन्डै छ सय जना गाडी धनीका लागि भाग्यशाली चिट्ठा कार्यक्रम आयोजना गरेको हाे । चिट्ठा परेको बसकाे बारेमा दुवै जनाले आपसी सल्लाह गरेर अगाडि बढ्ने भएका छन् ।

चन्द र पुन दुवै जनाकाे बस त्रिशिद्धेश्वरी यातायात प्रालिमा आबद्ध रही सञ्चालन हुँदै आएका छन् । नेपाल प्रहरीका सहायक हवल्दार समेत रहेका चन्द अहिले तुलसीपुरकाे बसपार्क काउन्टरमा कार्यरत हुनुहुन्छ । उहाँले २०७२ सालमा ना ४ ख ७७२५ नम्बरको बस किन्नुभएकाे थियाे । त्याे बस अहिले पनि दाङ–सल्यान–रुकुमसम्म सञ्चालन हुँदै आएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया