जनकपुरमा विवाहपञ्चमी महोत्सव शुरु
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको फाइनल पुग्न ओमानले २ सय ३७ रनको लक्ष्य पाएको छ । मूलपानी मैदानमा टस हारेर ब्याटिङ्ग गरेको युएई ४९ ओभर २ बलमा २ सय ३६ रनमा अलआउट भयो । युएईका कप्तान मोहम्मद वासिमले सर्वाधिक ४८ रन बनाए । ओमानका बिलाल खान र जीसन मक्सुदले चार/चार विकेट लिए ।
आयान खानले २ विकेट लिए । ओमानले केहिबेरमा जवाफी ब्याटिङ्ग गर्नेछ । एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ । नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । कीर्तिपुर मैदानमा नेपाल र कुवेतबीचको खेल भने पानी परेर रोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।