मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन : उदीपुर–मार्कीचोक–भर...
मंसिर २६, २०८१ बुधबार
रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।
सानीभेरी गाउँपालिका-५ हाँसुबाट खलङ्गाका लागि छुटेकाे लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज बिहान दुर्घटना भएकाे हाे । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनाम सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँका २२ दिनको छोरा रोशन केसीको ज्यान गएकाे हाे।त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले बताउनु भयाे ।
यस्तै, घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीकाे नेपालगञ्ज शिक्षण अस्पताल लगिएकाे छ। सानीभेरी गाउँपालिका-५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीकाे नेपालगञ्जमा उपचार भइरहेकाे छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।